हुलाकी राजमार्गअन्तर्गत रतुवा–केसलिया सडक स्तरोन्नति ठेक्कामा १३ निर्माण कम्पनी तथा JV को प्रतिस्पर्धा
हुलाकी राजमार्ग निर्देशनालयले आह्वान गरेको मोरङस्थित रतुवा–केसलिया सडक स्तरोन्नति (चेनज ३६+००० देखि ४०+५००) कार्यको ठेक्कामा १३ वटा निर्माण कम्पनी तथा संयुक्त उपक्रम (JV) ले बोलपत्र पेस गरेका छन्।
ठेक्का नं. 02-2082-83/UR-06 अन्तर्गतको यस सडक स्तरोन्नति कार्यमा ठूला तथा मध्यम स्तरका निर्माण व्यवसायीहरूको सहभागिता देखिएको छ। सहभागी बोलपत्रहरू अब प्राविधिक तथा आर्थिक मूल्याङ्कन प्रक्रियामा जानेछन्।
यो सडक हुलाकी राजमार्गको महत्वपूर्ण खण्ड भएकाले स्तरोन्नतिपछि स्थानीय आवागमन, व्यापारिक ढुवानी तथा क्षेत्रीय सडक सञ्जालमा थप सहजता आउने अपेक्षा गरिएको छ।
अब चासोको विषय—१३ प्रतिस्पर्धीमध्ये ठेक्का कसले हात पार्ला?
यस ठेक्कामा १३ वटा निर्माण कम्पनी तथा संयुक्त उपक्रम (JV) सहभागी भएका छन्:
मोतिदान कन्स्ट्रक्सन सेवा प्रा.लि.
कालिका कन्स्ट्रक्सन प्रा.लि.
बालाजु–महालक्ष्मी–भुजेल JV
दिवा निर्माण सेवा प्रा.लि.
स्वामीनारायण–शाह JV
महावीर इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रा.लि.
याक्थुमहाङ–देवी डाँडा JV
रौताहा कन्स्ट्रक्सन प्रा.लि.
आशीर्वाद निर्माण सेवा प्रा.लि.
हरि हरि–सुनकोशी–कुन्सालिङ JV
समता–पार्वती अम्बिका–आर वन JV
खड्का कृष्ण कन्स्ट्रक्सन प्रा.लि.
प्रेरणा–जे एण्ड जे JV