सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) ले सार्वजनिक निकायहरूलाई e-GP प्रणालीमा ठेक्का सम्झौताको विवरण समयमै अद्यावधिक गर्न पुनः निर्देशन दिएको छ।
सूचनाअनुसार, विभिन्न ठेक्काको आशयपत्र (LOI), स्वीकृतिपत्र (LOA) र सम्झौता विवरण प्रणालीमा प्रविष्ट नभएको अवस्थामा Contract Award भइसकेका ठेक्काको विवरण
bolpatra.gov.np/egp अन्तर्गतको Contract Records मा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा प्रविष्ट गर्न भनिएको छ।
तर व्यवहारमा धेरै ठेक्काको Contract Award भएपछि पनि प्रणालीमा थप विवरण भेटिँदैन। यसले ठेक्का कसले पायो, कति रकममा सम्झौता भयो, सम्झौताको अवधि र कार्यान्वयनको अवस्था के छ भन्ने सार्वजनिक जानकारी अधुरो बनाएको छ।
ठेक्का प्रक्रियामा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी अनुगमनका लागि सूचना प्रकाशन मात्र पर्याप्त हुँदैन। सम्झौता भइसकेपछि त्यसको विवरण पनि समयमै प्रणालीमा अद्यावधिक हुनु उत्तिकै आवश्यक छ। PPMO को यो निर्देशनको वास्तविक कार्यान्वयन तथा नियमित अनुगमन अब महत्वपूर्ण देखिएको छ।